नियम ४२
मानार्थ बढुुवा
(१) नेपाली सेनामा प्रशंसनीय काम गरेका तर बढुवाको अवसर नपाई अवकाश लिने उप सेनानीदेखि उप रथी दर्जासम्मका सैनिक व्यक्तिलाई बढुवा समितिको सिफारिस सहित मानार्थ बढुवाका लागि प्रधान सेनापतिले नेपाल सरकार समक्ष पेश गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सिफारिस प्राप्त भएपछि नेपाल सरकारले मानार्थ बढुवा गर्न सक्नेछ । तर यस उपनियम बमोजिम मानार्थ बढुवा हुने सैनिक व्यक्तिले दज्र्यानी चिन्ह प्रयोग गर्न पाउने बाहेक अन्य सुविधा पाउने छैन ।
(३) प्रमुख सुवेदार र सुवेदार वा सो सरहको नेपाली सेनाको पदमा पच्चीस वर्ष वा सो भन्दा बढी सेवा गरेका र एक वर्ष भन्दा कम सेवा गर्न पाउने अवधि बाँकी भएका कदरयोग्य व्यक्तिलाई बढुवा समितिको सिफारिसमा प्रधान सेनापतिले मानार्थ उपसेनानी दर्जा प्रदान गर्न सक्नेछ । तर पदावधिको कारणले गर्दा पच्चीस वर्ष अगावै अवकाश हुनेको हकमा बढीमा एक आर्थिक वर्षमा पाँच जनासम्मलाई मानार्थ उपसेनानीमा बढुवा गर्न बाधा पर्ने छैन ।
(४) उपनियम (३) बमोजिम बढुवा हुने सैनिक व्यक्तिले दज्र्यानी चिन्ह प्रयोग गर्न र सो पदले पाउने सबै सुविधा पाउनेछ ।